प्रधानमन्त्री ओली असार पहिलो साता चीनको राजकीय भ्रमणमा जाने

0

काठमाडौं, जेठ ७: प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीनको राजकीय भ्रमणमा जाने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । यद्यपि भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

सांघाई कोअपरेशनको सम्मेलन जुन ९-१० मा चिङ्दाओमा समापन भएपश्चात ओली १९ जुनमा चीन भ्रमणमा जानेछन् । सांघाई कोअपरेशनको सम्मेलनमा ओलीको भ्रमण तय भएको भए उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्वका नेताहरुसँग भेट गर्ने मौका प्राप्त हुने थियो । चीनले समय नमिलेको भन्दै सम्मेलन पश्चात ओलीको भ्रमण स्वागतको तयारि गर्दा सुनौलो मौका ओलीले गुमाएका छन।

प्रधानमन्त्री ओलीको भारत भ्रमण लगतै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए । यो भ्रमण प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रुपमा हेरिएको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!