Monday, May 28

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रसँग छलफल गर्ने, गणतन्त्र दिवस समारोह समितिमा आउन आग्रह

0

काठमाडौँ, जेठ ४: पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्र स्वीकार गरी गणतन्त्र दिवस तयारी समारोह समितिमा आबद्ध हुन प्रधानमन्त्री केपी ओलीले आग्रह गरेका छन । शुक्रबार गृह मन्त्रालयमा बसेको गणतन्त्र दिवस समारोह तयारी समितिको बैठकमा बोल्दै उनले आफ्नो व्यंगात्मक शैलीलाई निरन्तरता दिदै ज्ञानेन्द्रलाई सहज रुपमा एकै मन्चमा आउन अनुरोध गरेका हुन् ।

विष्णुको अवतार भन्दा-भन्दा पूर्वराजामा साच्चै नै हो कि भन्ने भ्रम परेको हुन सक्ने भन्दै ओलीले भने, ‘अनेक खालमा मनसायहरु, मनसुवाहरु छाडेर उहाँहरु पनि यो समारोह समितिमा बसेर खुुसीयाली मनाउन आए हुन्थ्यो।’ आफुले यस बारेमा ज्ञानेन्द्र शाहसँग कुराकानी समेत गर्ने उनले बताए ।

‘२ सय ४० वर्षको राजतन्त्र र सनातन हिन्दु धर्मको इतिहास एउटै हो? हिन्दु धर्म र राजतन्त्रलाई जोडेर प्रचार गर्नेहरुविरुद्ध आक्रोश व्यक्त गर्दै ओलीले भने, ‘यो भ्रम हटाउन जरुरी छ।’ उनले राजतन्त्रलाई धर्मसँग जोडेर व्याख्या गर्नेहरुलाई पाखण्डीको संज्ञा दिदै धर्म र राजतन्त्रको विषयलाई जोडेर केहि ‘चलाख पण्डित’हरुले जनतामा भ्रम फैलाउने काम गरेको आरोप समेत लगाए।

विगतमा झैँ यस बर्ष पनि आगामी जेठ १५ गते सरकारले गणतन्त्र दिवस मनाउँदैछ। प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवसको लागि आवश्यक सम्पूर्ण तयारीको लागि बैठक बसेको हो।

Share.

Comments are closed.

error: Content is protected !!