प्रधानमन्त्री ओलीको व्यक्तिगत खातामा ४२ लाख, सुन १७-१८ तोला

0

काठमाडौं, जेठ ९: आफू प्रधानमन्त्री बनेको तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) आफूसहित मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरेका छन् । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली गएको फागुन ३ गते प्रधानमन्त्री निर्वाचित भएका थिए ।

सरकार गठन भएको तीन महिनापछि प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । प्रधानमन्त्री ओलीको ‘पर्सनल’ बैंक खातामा ४२ लाख रुपैयाँ रहेको जनाइएको छ । एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । जुन रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ ।

यता ओली पत्नी राधिका शाक्यको नाममा २ कित्ता जग्गामा बनेको २ वटा घर देखिएको छ । एउटा १ रोपनी र अर्काे डेढ रोपनी जग्गामा २ वटा घर बनाइएको विवरणमा उल्लेख छ । त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । ओलीसँग करीब १७–१८ तोला गहना रहेको उल्लेख छ ।

त्यस्तै श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन् । माछापुच्छ्रे बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ । राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचत रहेको उनको भनाई छ ।

Share.

Comments are closed.

error: Content is protected !!