प्रदेश प्रमुखलाई मर्यादाक्रमकोे सातौँ स्थान, कसको क्रम कहाँ ? [सूची सहित]

0

काठमाडौँ, माघ १९: सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री तथा स्थानीय तहका वडास्तरसम्मका जनप्रतिनिधिलाई समेटेर नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार मर्यादाक्रम सार्वजजिक गरिएको हो।

सार्वजनिक मर्यादाक्रम अनुसार यसअघि कायम रहेका क्रम संख्या एकदेखि पाँचसम्मको क्रम यथावत छ। जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको क्रम छ। छैटौँ स्थानमा पूर्व विशिष्टको स्थान छ। प्रदेश प्रमुखलाई सातौँ स्थान तोकिएको छ।

हेर्नुस् यस्तो छ नयाँ मर्यादाक्रम:

१. राष्ट्रपति

२. उपराष्ट्रपति

३. प्रधानमन्त्री

४. प्रधानन्यायाधीश

५. प्रतिनिधिसभा सभामुख तथा राष्ट्रियसभा अध्यक्ष

६. पूर्वराष्ट्रपति÷पूर्वउपराष्ट्रपति

७. प्रदेश प्रमुख, प्रतिनिधिसभा विपक्षी दलको नेता, नेपाल सरकारका मन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्रीपरिषदका पूर्व अध्यक्ष, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख, संविधानसभाका पूर्व अध्यक्ष, प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रिय सभाका पूर्व अध्यक्ष

८. राज्यमन्त्री, संवैधानिक निकायका प्रमुख, सर्वोच्चका न्यायाधीश, संसदीय समितिका सभापति, न्याय परिषद सदस्य, महान्यायाधिवक्ता, प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य, सहायकमन्त्री, पूर्वउपप्रधानमन्त्री

९. नेपाल सरकारका मुख्यसचिव, संवैधानिक निकायका सदस्य, संघीय संसद्का महासचिव, सर्वोच्चका मुख्य रजिस्ट्रार, प्रधानसेनापति, उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्र बैंकका गभर्नर, विश्वविद्यालयका उपकुलपति प्रज्ञा प्रतिस्ठानका कूलपति

१०. प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्री

११. नेपाल सरकारका सचिव, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सर्वोच्चका रजिस्ट्रार, नायव महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, विश्वविद्यालयका प्राध्यापक, नेपाली राजदूत, सार्कका महासचिव, नेपालस्थित विदेशी राजदूत

१२. प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक

१३. प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, उच्च अदालतका न्यायाधीश, प्रदेश सभाका समिति सभापति, मुख्य न्यायाधिवक्ता, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, पूर्वमन्त्री

१४. प्रदेश सभाका सहायकमन्त्री, प्रदेश सभा सदस्य

१५. महानगरपालिका प्रमुख, पूर्व राज्यमन्त्री, पूर्वसहायकमन्त्री, संविधानसभा, व्यवस्थापिकाका पूर्व सदस्य

१६. प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, उपरथी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अतिरिक्त महानिरीक्षक

१७. जिल्ला समन्वय समिति प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, प्रदेश न्याय सेवा आयोगका सदस्य

१८. उपमहानगरपालिका प्रमुख, महानगरपालिका उपप्रमुख, राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत, प्रदेश सरकारका सचिव, जिल्ला न्यायाधीश, विश्वविद्यालयका सहप्राध्यापक

१९. सहायक रथी, प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, प्रदेश सरकारका प्रथम श्रेणीका अधिकृत, स्थानीय तहका प्रथम श्रेणीका अधिकृत

२०. नगरपालिका प्रमुख, उपमहानगरपालिका उपप्रमुख, नेपालस्थित अन्तरसरकारी संस्थाका प्रमुख

२१. गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक

२२. नेपाल सरकारका उपसचिव, निर्देशक, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, विश्वविद्यालयका उपप्राध्यापक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक, गाउँपालिका उपाध्यक्ष

२३. सेनानी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत

२४. नेपाल सरकारका शाखा अधिकृत, सेनानी, राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत, विश्वविद्यालयका सहायक प्राध्यापक

२५. प्रहरी निरीक्षक, उपसेनानी, सशस्त्र प्रहरी निरीक्षक राष्ट्रिय अनसन्धान विभागका अनुसन्धान अधिकृत

२६. प्रदेश सरकारका शाखा अधिकृत, स्थानीय तहका शाखा अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरु

२७. सहायक सेनानी

Share.

Comments are closed.

error: Content is protected !!