प्रदीप खड्का अभिनित ‘लिलिबिली’को पहिलो गीत सोमबार सार्वजनिक हुने !

0

पुस २८, काठमाडौँ। मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिलिबिली’को पहिलो गीत सोमबार सार्वजनिक गरिने भएको छ । निर्देशक चाम्सका अनुसार चलचित्रको पहिलो गीत माघेसंक्रान्तीको अवसर पारेर रिलिज गर्न लागिएको हो । चर्चित युवा स्टार प्रदीप खड्का र नवनायिका जसिता गुरुङको अभिनय रहेको गीतलाई सुदिप बरालले खिचेका हुन् ।

नेपाल आईडलमा तेश्रो भएका प्रतिस्पर्धी प्रदाप दास र लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीतमा अलिश कार्कीको संगीत रहेको छ । सार्वजनिक गीतको काउनडाउन पनि सुरु भईसकेको छ ।

काफिया फिल्म्स, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भईरहेको चलचित्रमा प्रियंका र प्रदिपको साथमा जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ । गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको चलचित्र बैशाख १४ गते प्रदर्शन हुनेछ ।

Share.

Comments are closed.

error: Content is protected !!