प्रतिपक्षी नेतासहित दुई हजार जेलमुक्त

0

किगाली, रूवान्डा, ३० भदौ: रूवान्डाका प्रतिपक्षी दलका नेता भिक्टर इनाविरसहित करिब दुई हजार बन्दीलाई शनिबार रिहा गरिएको छ । रूवान्डाका राष्ट्रपति पाउल कगामीले प्रतिपक्षी नेता इनाविरसहित बन्दी अवस्थामा रहेका उहाँका दुई हजार समर्थकलाई एक्कासी रिहा गर्न निर्देशन दिएपछि उनीहरू रिहा भएका हुन् ।

“राष्ट्रपतिद्वारा स्वतन्त्रता प्रदान गरेकोमा उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु,” इनाविरले राजधानी किगालीको मागेरागेरा जेलबाट रिहा भए लगत्तै सञ्चारकर्मीसँग बताउनुभयो । “यो रूवान्डामा राजनीतिका लागि मलाई दिइएको स्वतन्त्रता (खुलापन) को शुरुवात भएको मैले विश्वास गरेको छु,” उहाँले भन्नुभयो । राजनीतिक प्रतिशोधका आधारमा जेलमा राखिँदै आएका अन्य बन्दीहरूलाई पनि रिहा गर्न राष्ट्रपति कगामीसमक्ष उहाँले आग्रह गर्नुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!