पोखरामा भेटियो लास पोल्ने डरलाग्दो मान्छे, भूत बाट जोगीन रक्सी र रुद्राक्षको माला [भिडियो अन्तरबार्ता]

0

पोखरा, २९ भदौ : पोखराको रामघाटका कृष्णले मरेका मान्छेका लास पोल्न थालेको १६ बर्ष भयो । उनले लास पोल्दा दुःख लागेको समेत बताए । सजिलो पेसा भएको र एउटा लास पोलेबापत एक हजार पाईने समेत खुलासा गरे । अरु मान्छे कोही तम्सीदैनन् अनि आफै लास पोल्न अगाडी सरेको बताउँदै उनले दिनमा १५ वटा सम्म लास पोलको रेकर्ड सुनाए । उनले भने, “यो ठाउँमा मेरो अनुमतीबिना लास पोल्न पाईदैन ।

आफ्ना आफन्त र उमेर कलिलो भएका मान्छेका लास पोल्दा मनमा पीडा हुने अनुभव उनको छ । एउटा घटना त लास पोल्दै गर्दा आफन्त नै भकानिएर नदीमा हाम्फालेका थिए । गण्डकी हस्पीटल नजिक रहेको रामघाटमा दुर्घटना भएका कुहिएका किरा परका लास धेरै आउने उनले बताए ।

लास जलाउनेहरु भूत प्रेत सँग पनि डराउने बताउदै रक्सी र हातमा रुद्राक्षको माला नबोकी उनी लास जलाउन सक्दैनन् । पारीपट्टीको घाटमा लास पोल्ने ३ जना साथीहरु मरे । उनको बिचारमा भूतले तीन जना लास पोल्नेलाई खाएको हो । भिडियोमा हेरौं बर्षैदेखी लास पोल्ने मानिसको अनुभव :

Share.

Comments are closed.

error: Content is protected !!