पेप ग्वार्डिओला वर्षको उत्कृष्ट प्रशिक्षक घोषित

0

जेठ २, लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको छ ।

उनले पाँच अन्य प्रशिक्षकलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । स्पेनका ग्वार्डिओलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल गर्दै सिटीलाई इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएका थिए ।

यससँगै आर्सनललाई हराउँदै सिटीले लिग कपको उपाधि समेत जितेको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!