पूर्व मिस इण्डिया नताशा सुरी अस्पताल भर्ना

0

चैत ७, एड्भाञ्चर स्पोर्टसको चक्करमा दुर्घटना भएपछि बलिउड अभिनेत्री तथा पूर्व मिस इण्डिया नताशा सुरी अस्पताल भर्ना भएकी छन् । मनीष पलसँग फिल्म ‘बा बा ब्यालक शीप’ काम गरिरहेकी नताशा एक लग्जरी स्टोरको उद्घाटनमा इण्डोनेशिया पुगेकी थिइन् । त्यहाँ आफ्नो काम पूरा गरेपछि उनी एडेभाञ्चरकालागि केही दिन इण्डोनेशियामा नै बसिन् ।

फुर्सदको समयको फाइदा उठाउन नताशा बंजी जम्पिङ गर्न गइन् । तर जम्प गर्दा उनको खुट्टामा बाँधेको डोरी चुँडिएर उनी नदीमा खसिन् । निकै उचाइबाट खसेपनि उनको ज्यान भने जोगीएको छ । तर, उनलाई गम्भीर चोट लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ र डाक्टरको निगरानीमा राखिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!