पूर्वराजा ज्ञानेन्द्र-शंकराचार्य भेट: भुईमा प्रजा जसरी ज्ञानेन्द्र, सोफामा राजा जसरी शंकराचार्य

0

वीरगञ्ज, जेठ ९ : धार्मिकस्थलहरूको दर्शन गर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह यही हप्ताको शुरुतिर मधेश झरे । बाराको सिमरामा आएका उनी सोमबार वीरगञ्ज झरे तर मंगलबार भने अनौठो दृष्य देखियो । वीरगञ्जमा एक हिन्दू धर्मका गुरु भनिएका शंकराचार्य वीरगञ्जमा आए । उनी धार्मिक कार्यक्रम लिएर वीरगञ्ज आएका थिए ।

शंकराचार्यले हिन्दू धर्मको कुरा गर्नु सामान्य हो । हिन्दू परिषद्को आयोजनामा वीरगञ्जमा एक धार्मिक कार्यक्रम पनि आयोजना गरिएको थियो । मंगलबार वीरगञ्जमा उनले पत्रकार माझ आफ्ना धारणा पनि राखेका छन् तर, हिन्दू राज्यको माग गर्ने शंकराचार्य र गणतन्त्र स्थापनापछि पूर्व भएका राजा ज्ञानेन्द्रको कनेक्सन अनौठो देखियो । वीरगञ्जको एक होटलमा शंकराचार्य र ज्ञानेन्द्र शाहकाबीचमा कुराकानी र भेटघाट भएको छ ।

जहाँ राजा जसरी शंकराचार्य र प्रजा जसरी ज्ञानेन्द्र शाह बसेका छन् । माथि सोफामा शंकराचार्य बसेका छन् भने तल नमस्कार गरेर ज्ञानेन्द्र शाह बसेका छन् । यो दृष्य सार्वजनिक भएपछि ज्ञानेन्द्र शाहको विभिन्न दृष्किोणबाट टिप्पणी भएको छ ।

अझै कतिपय नेपालीको मनमा राजसंस्थाको मोह भएकै बेला ज्ञानेन्द्र शाहको बसाइले उनी धार्मिक गुरुहरूका अगाडि नतमस्तक हुने गरेको प्रमाण भएको धेरैले फेसबुकमा टिप्पणी गरेका छन् । राजसंस्था पुनस्र्थापना संघर्ष समितिका अध्यक्ष जनकलाल शाहले भने राजाको अपमान गर्ने मनसायले यसो नगरिएको बताएका छन् । हिन्दू परिषद्का पदाधिकारीहरूले भने संयोगबस यस्तो भएको जिकिर गरेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!