पुल बगाएपछि आउनजान समस्या

0

सङ्खुवासभा, २ असोज: सङ्खुवासभा–सिलिचोङ गाउँपालिका– २ र ३ जोड्ने सङ्खुवाखोला माथिको झोलुङ्गे पुल पहिरोले बगाएको छ ।

एक सय ५० मिटर लामो पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । पहिरोले ३० मिटर ढलान गरिएको बाटो पनि बगाएको छ । पुल बगेपछि वाला र ताम्कु गाउँको सम्पर्क टुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनुभयो ।
रासस

Share.

Comments are closed.

error: Content is protected !!