पुजा र सुदर्शनको चलचित्रमा केदार घिमिरेपछि यी दुई कलाकार अनुबन्धित

0

काठमाडौँ : पछिल्लो समय नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले बनाउन लागेको चलचित्रको लागि केदार प्रसाद घिमिरे (माग्ने बुढा) अनुबन्धित भएको खबरले सिनेबृतमा राम्रै चर्चा पायो । यो सँगै अब उनीहरुको फिल्मका लागि अरु दुई कलाकारहरु पनि अनुबन्धित भएको खबर बाहिर आईरहेको छ । केदारले चलचित्रको लागि १० लाख लिएको खबर सेलाउन नपाउँदै चलचित्र निर्माण टीमले अरु दुई चर्चित कलाकारहरुलाई अनटाईटल चलचित्रमा अनुबन्धित गरेको हो । चलचित्रमा अब केदारको साथमा विल्सन बिक्रम राई (तक्मे बुढा) र चरित्र अभिनेता रबिन्द्र झाको पनि अभिनय रहने पक्का भएको छ ।

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्रमा नायिकाको रुपमा भने निमात्री तथा नायिका पुजा शर्मा नै हुने निर्माण टीमले जानकारी दिएको छ । चलचित्रमा नायकको अझैपनि टुङ्गो लागेको छैन । सुदर्शन थापा प्रोडक्सनका ब्यानरमा बन्न लागेको चलचित्रमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहने बताईएको छ । चलचित्रको सुटिङ माघको अन्तिम साताबाट हुनेछ । विल्सन बिक्रम राई (तक्मे बुढा)लाई अनुबन्धित गरेसँगै दर्शकहरुले अब तक्मे र माग्नेको गज्जबको कमेडी देख्न पाउने भएका छन् । टेलिभिजन कार्यक्रम ‘मेरी बास्सै’मा मज्जाले हसाँएका यी जोडी लामो समयपछि ठुलो पर्दामा देखिन लागेका हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!