पालले पहिलो एक दिवसीय खेल नेदरल्याण्डविरुद्ध खेल्ने

0

जेठ १०: गत मार्चमा पहिलोपटक वानडे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाएको नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्डविरुद्ध खेल्ने भएको छ ।

एक दिवसीय मान्यता प्राप्त गरेपछि ऐतिहासिक एक दिवसीय खेल अगष्ट १ र ३ तारिक अर्थात् साउन १६ र १८ गते नेदरल्याण्डसँग खेल्ने तय भएको हो । यो श्रृङ्खला नेदरल्याण्ड, नेपाल र एमसीसीबीचको त्रिकोणात्मक टि–२० श्रृङ्खलापछि हुने बताइएको छ ।

गत मार्चमा जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हासिल गर्दै नेपालले दुई दशक लामो क्रिकेट इतिहासमा पहिलोपटक ओडिआई स्ट्याटस पाएको हो। उक्त स्ट्याटस चार वर्षको लागि हुनेछ।

सोहि क्वालिफायरमा नेपाल र नेदरल्याण्ड्स पछिल्लोपटक भिडेका थिए। सातौँ स्थानको लागि भएको प्लेअफमा भने नेपाल डच टोलीसँग ४५ रनले पराजित भएको थियो।

नेपालले सन् २०१६ मा आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको लागि नेदरल्याण्ड्स टुर गरेको थियो। जसमा दुबै टोलीले १-१ खेल जितेका थिए।

Share.

Comments are closed.

error: Content is protected !!