पार्टी एकता गर्न राणा र लोहनीलाई थापाको आग्रह, अध्यक्ष पद छोड्न तयार

0

पर्सा, जेठ ७: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्न आब्हान गर्नुभएको छ । वीरगञ्जको होटेल सुरजमा सोमबार पार्टीको राष्ट्रिय परिषदको बैठक उद्घाटन गर्दै अध्यक्ष थापाले प्रजातान्त्रीक शक्तिहरुबीचको एकता आवश्यक रहेको बताउनुभएको हो ।

बैठकमा अध्यक्ष थापाले फेरि पनि पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्न आब्हान गर्नुभयो । ‘पार्टी एकताको शर्त अध्यक्ष पद बन्छ भने पनि आफू अध्यक्ष पदबाट राजीनामा दिन तयार छु’, अध्यक्ष थापाले भन्नुभयो ।

फरक प्रसंंगमा थापाले संविधान र प्रजातन्त्रको आवरण भित्रैबाट देशमा सर्वसत्तावाद लाद्न खोजिएको आरोप लगाउनुभयो । संविधान र प्रजातन्त्रको आडमा न्यायपालिका प्रशासन संयन्त्र र संवैधानिक अंगहरु कब्जा गर्ने नियत देखिएको थापाले बताउनुभयो । ‘न्यायपालिका कब्जा भएको छ’, अध्यक्ष थापाले भन्नुभयो, ‘प्रशासन संयन्त्रमा पचास प्रतिशत र संवैधानिक आयोगहरुमा जुन बाँकी छन ती पनि कब्जा गर्ने तयारी भइरहेको छ ।’

तत्कालिन माओवादी र एमालेबीचको पार्टी एकीकरण पछिको घटनाक्रम र मुख्य नेताहरुको अभिव्यक्ति सुन्दा मुलुकले शान्ति र स्थायित्व पाउनेमा आशंका रहेको थापाले बताउनु्भयो ।

Share.

Comments are closed.

error: Content is protected !!