पारिश्रमिक माग्दा घरमा काम गर्ने युवतीको हत्या, नालीमा भेटियो ३ टुक्रा पारिएको शव

0

पिएनपिखबर, भक्तपुर :  घरेलु काम गर्ने बसेकी एक युवतीको मालिकद्वारा हत्या भएको छ। आरोपीले प्रहरीसंगको सोधपुछमा हत्या गरेको स्वीकार गरेका छन्।

यो घटना भारतको राजधानी दिल्लीको हो। दिल्लीको मियाँवाली इलाकामा काम गर्न राखिएको युवतीलाई मालिकले हत्या गरि प्लास्टिकमा तीन टुक्रा पारेर लाशलाई एक नालीमा फ्याकेको थाहाँपाएपछि प्रहरीले आरोपी मन्जीत करकेटालाई गिरफ्तार गरेका छन्। ती युवतीलाई दिल्लीमा राम्रो जागिर दिने भनेर फकाई उनका मालिकले दिल्ली ल्याएका थिए।

एक वर्षसम्म काम गरेपछि युवतीले पारिश्रमिक माग्दा मालिकले आफ्नो दुई साथीसंग मिलेर हत्या गरेका हुन्। उसको साथि भने अहिले फरार छन्। ४ मेमा एक सुचना पछि पुलिसले छानविन गर्दा टुक्रा-टुक्रा पारिएको शव प्लास्टिकमा बरामत गरेको थियो।

स्थानीय प्रहरीले वरपरको सीसीटीवीको फुटेज र एक-एक घरमा गएर खोज गरेपछि हत्याराको पत्ता लागेको हो। खोजको क्रममा मन्जित नामक व्यक्ति फरार थिए।

मन्जित झारखंडको गुमला बस्ने गर्दथे । पुलिस झारखंडस्थित मन्जितको घरमा गई उनी दिल्लीमा रहेको कुरा थाहाँ भयो। यसै क्रममा एक सूचनाको आधारमा उनी कोठामा बसेको घरबाट गिरफ्तार गरियो।

सोधपुछमा उनले आफुले गरेको अपराध स्वीकार गरे। उसले आफुले मात्र नभई सहयोगी साहुसँग मिलेर झारखण्डबाट गरिब युवती, बालिकालाई राम्रो रोजगार दिने भनि प्रलोभन देखाएर दिल्ली लाने र घरेलु काममा लागाउने गरेको कुरा खुलासा गरेका थिए।

हत्याका आरोपीले बयानको क्रममा भने, ‘मृतक सोनी कुमारी झारखंडमा बस्ने गर्थिन । उसलाई जागीरको प्रलोभनमा पारि दिल्ली लागि घरेलु काममा लगाएको थिए। काम गरेको एक वर्षपछि सोनीले पैसामाग्दा नदिए पछि ठुलो स्वरले रुन थालिन।’

उनी गाउँजाने निर्णय गरेपछि मन्जित र उसका सहयोगी मिलेर नराम्री कुटपिट गरे। त्यसपछि घाँटी थिचेर हत्या गरे र लासलाई तीन टुक्रा पारि मन्जित र अरु सहयोगी मिलेर पोलिथीनमा राखी फ्याकेको बयानमा बताए।

Share.

Comments are closed.

error: Content is protected !!