पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ? जानौ

0

एजेन्सी : प्राय सबैको भान्साकोठामा सिसाको गिलास हुने गर्दछ। सिसा गिलास पानी पिउनको लागि प्रयोग गर्ने गरिन्छ । सिसाका गिलासमा अनेक रंगका बुट्टाले सजाइएको हुन्छ । तर यस्ता सिसाका गिलासमा हुने लिड र क्याडमियमको स्तर हाम्रो स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ ।

लिड र क्याडमियम दुवै मानव स्वास्थ्यका लागि हानिकारक छन् । ‘रंगीन बुट्टेदार सिसाका गिलासको बुट्टा र रंगमा पाइएका दुवै तत्व मानव स्वास्थ्यसँगै पर्यावरणका लागि समेत हानिकारक छन्। सिसाका गिलासको मुख वरिपरि र बाहिरका बुट्टामा लिड र क्याडमियमको यति उच्च मात्रा पाइनु आश्चर्यजनक छ ।

क्याडमियमले क्यान्सर हुने सम्भावना हुन्छ । विभिन्न अध्ययनले क्याडमियमका कारण हाडको कडापन हराउने र नरम हुने तथा मिर्गौलामा जटिल समस्या आउने सम्भावना हुने गर्दछ । बालबालिकाको शरीरमा लिड प्रवेश गरे, यसले उनीहरूको शारीरिक र मानसिक विकासमा विभिन्न समस्या आउँछन् ।

एक अध्ययन समूहले यस्ता गिलासमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्तरभन्दा लिडको मात्रा १ हजार गुणा बढीसम्म फेला पारेका थिए । यसको अर्थ लामो समय प्रयोग गर्दा यस्ता हानिकारक पदार्थ खाइने सम्भावना पनि देखियो ।

क्याडमियमको साटो प्रयोग गर्न सकिने सुरक्षित वैकल्पिक तत्वहरू बजारमा पर्याप्त उपलब्ध भएकाले यस्तो खतरनाक तत्वको उपयोग गिलास सजाउन गरिनु आश्चर्यजनक र चिन्ताजनक रहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!