पानीको चरम अभावका कारण शौचालयमा पानी नहाल्न सरकारको आग्रह, नागरिकले नुहाउनै छाडे

0

दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा पानीको चरम समस्या भएपछि सरकारले शौचालयमा पानीको प्रयोग नगर्न अनुरोध गरेको छ ।

केपटाउनमा पानीको संकट बढ्दै गएपछि सरकारले शौचालयमा फ्ल्स बटम बन्द गर्न र निकै कम मात्रै पानी प्रयोग गर्न अनुरोध गरेको हो । केपटाउनमा अहिले प्रतिव्यक्ति दैनिक ५० लिटर पानी दिइएको छ ।

पानी आउने मुहान सुक्दै गएकाले अब केपटाउन पानीविहिन हुनसक्ने प्रान्तीय सरकार प्रमुख हेलेल जिलले चेतावनी दिएको बीबीसीले जनाएको छ । केपटाउनका केही नागरिकले नुहाउन छाडेर कपडा चिसो बनाएर शरिर पुछ्ने गरेको र त्यै पानी शौचालयमा प्रयोग गरिरहेको पनि बीबीसीले उल्लेख गरेको छ ।

अहिले दिइएको ५० लिटर पानी पनि बचाएमा संकटलाई केही कम गर्न सकिने सरकार प्रमुख जिलले बताएका छन् । ३ वर्षयता केपटाउनमा निकै कम मात्रै पानी परेका कारण पुरै शहर सुख्खा भएको छ । एजेन्सी

Share.

Comments are closed.

error: Content is protected !!