पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको : मन्त्री मगर

0

कैलाली, १७ चैत :खानेपानी मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको विशेष सहयोग तथा आयोजनामा आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले धनगढी विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले क्यान्सरबाट पीडित हुनुभएकी दिदी ज्ञानु दाहाल र श्रीमान् प्रकाश दाहालको सम्झनामा सो अभियान लिएर आएको बताउनुभयो ।

मन्त्री मगरले सबै जनताको पहुँचमा सरसफाइ र स्वच्छ सफा खानेपानीको हकलाई संविधानमा व्यवस्था भएकाले स्वच्छ र सफा खानेपानी सबै जनताको पहुँचमा पु¥याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । त्यसैगरी सरकारले छिट्टै नै मेलम्चीको पानी काठमाडौँवासीका लागि ल्याउने भनेर तयारी गरिरहेको बताउँदै त्यो काम अत्यन्त तीव्र गतिमा अगाडि बढिरहेको मन्त्री मगरले जानकारी दिनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!