पागलप्रेमीद्वारा युवतीमाथि चक्कु प्रहार, १२ घण्टापछि मृत्यु

0

पिएनपिखबर : शनिबार एक पागलप्रेमीले एक युवतीलाई चक्कु प्रहार गरेका छन्। उनलाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याएका थिए। उपचारको क्रममा उनको आज (आइतबार) मृत्यु भएको छ। पागलप्रेमीले उक्त युवतीको पेटमा कयौ पटक चक्कु प्रहार गरेका थिए। हमला गरेपछि आरोपी फरार छन्। प्रहरी अनुसन्धानमा जुटेका छन्।

काकादेव थाना क्षेत्र स्थित लोहारन भट्टामा बस्ने रामेश (नाम परिवर्तन) प्राइवेट नोकरी गर्थ्यो। उनकी छोरी लक्ष्मी (नाम परिवर्तन) बीए का छात्रा हुन्। छिमेकमा बस्ने अजय प्राय लक्ष्मीलाई सताउने गर्थ्यो। जब उनि कलेज जान्थे तब अजयले जहिले जिस्काउने गर्थ्यो। दोस्ती बन्न सधै दबाब दिन्थ्यो। तर लक्ष्मीले बिरोध गर्दा मार्छु कि मर्छु भन्ने धम्कि दिन्थ्यो। शनिबार लक्ष्मी घरको छतमा कपडा धुदैथ्यो। आमा किचेनमा र बुबा कोठामा थिए। अजय अचानक कसैलाई नसोधी छतमा गएर लक्ष्मीलाई दबाब दिन थाल्यो। लक्ष्मीले बिरोध गरिन तब अजयले चक्कु निकालेर पेटमा कयौ पटक प्रहार गरि फरार भए।

Share.

Comments are closed.

error: Content is protected !!