पाँच दिनपछि सर्‍यो डा. केसीको अनसन

0

फागुन २९, काठमाडौं : डा. गोविन्द केसीले आज देखि बस्ने भनिएको अनसन पाँच दिनपछि सारेका छन् । सोमबार भएको विमान दुर्घटनामा परी चिकित्सकको पनि निधन भएकाले शोकको घडीमा अनसन स्थगित गरिएको डा. केसीले बताएका छन् ।

उनले ४ गतेदेखि अनसन बस्ने बताएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले २९ फागुनदेखि आमरण अनसन बस्ने बताएका थिए ।

डा. केसीले सर्वोच्चका न्यायाधीशहरुले नै पराजुलीलाई पद छाड्न दिएको सुझावको स्वागतसमेत गरेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!