पाँच दाजुभाईको यी एउटी श्रीमती जसले आफुलाई ठान्छिन निकै भाग्यशाली

0

पिएनपिखबर, भक्तपुर : हामी सबैलाई थाहाँ छ कि द्रौपदीको पाँच विवाह भएको थियो। द्रौपदी त परापुर्वकालको कुरा हो तर आजको युगमा पनि कति महिलाहरु यस्तो छन् जसले पाँच विवाह गरेका छन्। आज हामी तपाईलाई यस्तै एक युवतीको बारेमा बताउन गईरहेका छौ जसले एकै परिवारमा पाँच भाईसँग विवाह गरेकी छिन्।

यो घटना भारतको उत्तरखण्डको हो। रजो नाम गरेकी युवतीले एकै परिवारको पाँच भाईसँग विवाह गरेकी छिन्। रजो यी पाँच भाईहरुसँग एकै प्रकारको व्यवहार गर्ने गर्छिन। श्रीमती हुनुको नाताले रजोले आफ्नो सबै श्रीमानसँग शारीरिक सम्बन्ध पनि राख्ने गर्छिन। रजोको एक छोरा छन् तर ती पाँच भाई मध्य कसको छोरा हुन् त्यो भने पत्ता लागेको छैन। अचम्म लाग्ने कुरा यो छ कि यस विषयलाई लिएर यी पाँच दाजुभाईहरुलाई कुनै समस्या छैन। पाँचै जना मिलेर उसको बच्चाको देखभाल गरेका छन्।

रजोको अनुसार यस कुराबाट कुनै समस्या भएको छैन।  पाँच श्रीमानको श्रीमती हुनु पाउँदा उनी निकै भाग्यमानी रहेको मान्दछिन। आफ्नो श्रीमानहरुलाई उनी निकै माया पनि गर्छिन। रजो भन्छिन,’मलाई थाहाँ छ कि यस्तो खालको विवाह कानुन विपरित छ तर यहाँ युवतीहरुको संख्याको कमी भएको कारण यस्तो गर्नुपर्दछ।’ भारतको उत्तराखंड र चीनको तिब्बती इलाकामा युवतीहरु निकै कम छन्। यसकारण उनीहरुलाई यस्तो प्रथाको पालना गर्नुपर्दछ।

Share.

Comments are closed.

error: Content is protected !!