Monday, May 28

पाँच खुट्टा भएको बाच्छी जन्मे पछि हेर्नेकाे घुईचाे

0

रबिन्द्र बराल/ माेरङ, बैशाख २२ : माेरङकाे रंगेली नगरपालिका ८ स्थित फर्सडागी चाेक नजिकै मा रहेको दुर्गा राउत काे घरमा पाँच खुट्टा भएको बाच्छी जन्मे पछि उक्त बाच्छी हेर्ने अाउने हरुकाे भिड हुने गरेको छ । बैशाख १९ गते बुधबार बिहान उनले पालेकाे पहिलाे बेत काे गाईले पाँच खुट्टा भएको बाच्छी जन्मेको छ । हिन्दु धर्ममा यस्तो बाछा जन्मे पछि शिवजिकाे अवतार हाे भनेर पुजा गर्ने गर्छन ,बाछी जन्मे पछि लक्ष्मी भगवान् काे अवतार हाे भनेर पुजा अाजा गर्ने गरेका छन ।

साे बाछी जन्मने बितिकै मलद्वार समेत नभए पछि पशुपंक्षी सेवा केन्द्र रंगेली मा साे बाछीकाे सफल अप्रेशन गरेपछि साे बाछी मलद्वार अप्रेशन गरेका थिए । अस्पताल ले साे बाछीमा लाई नि:शुल्क अप्रेसन गरिएको पशु अस्पताल का कर्मचारी मात्रीका घिमिरे ले साे बाच्छी काे सफल अप्रेसन गरेका हुन । उनले भने यस्ताे बाछी केही मात्रा मा मात्रै जन्मने गरेको र यस्तो अप्रेसन ५० प्रतिशत मात्रै राम्रो हुने गरेको बताए । साे बाच्छी ले पिसाब फेर्दा थुन भएको ठाउँ नजिकै बाट अलिअलि पिसाब फेर्ने र केही मात्रामा मलद्वार बाट गर्ने गरेकाे राउत ले बताए ।

उक्त बाच्छी काे चार खुट्ट काे पिछाडी पट्टी काे बिच्च भागमा पुनः अर्को सानाे खुट्ट रहेको छ । अहिले साे बाच्छी हेर्ने बिराटनगर ,ईटहरी, दलेली, हरकपुर लगायतका स्थान हरु बाट सर्वसाधारण हरु अाउने गरेको निर्मला राउत ले बताईन । उनले भनिन हेर्न अाउने सर्वसाधारण हरुले याे बाच्छी भगवान् लक्ष्मी काे रुपमा रहेको भनेकाे र अहिले अाफु हरु साे बाच्छी काे पुजा अाजा गर्ने गरेको बताईन ।

Share.

Comments are closed.

error: Content is protected !!