पहिलो चोटी मिडियामा एक्कासी विवाह गर्नुको कारण बताए नेहा धूपिया र अंगद बेदीले

0

एजेन्सी। नेहा धूपिया र अंगद बेदीले मे १० मा कसैलाई थाहा नदिई एक्कासी विवाह गरेका थिए। उनीहरुको विवाह शादी गुरुद्वारेमा सिख रीति-रिवाजमा सम्पन्न भएको थियो। दुवैले अचानक विवाह गरेको खबरले पुरा बलिवुडमा नै तहल्का मच्चिएको थियो। केहि खबर अनुसार त यो पनि भनिएको थियो कि नेहा गर्भवती भएकै कारण यसरि हतारहतार विवाह गरेकी थिइन्।

नेहा धूपियाको पिता प्रदीप धूपियाले यो भनाईलाई गलत सावित गर्दै हतारमा विवाह गर्नुमा यस्तो कुनै कारण नभएको बताए। उनले भने,’यो हल्ला मात्र हो। भन्नेले त जे पनि भन्छन्। भन्नेको मुख थुन्न सकिन्न।’

पिताले यसो भन्दा पनि हल्लाहरु नरोकिए पछि अंगद बेदी आफैले यो कुरा स्पष्ट पारेका छन्। विवाह पश्चात पहिलो चोटी बम्बे टाइम्ससँग उनले भने ‘हामीले विवाह गर्ने निर्णय एक्कासी नै लिएका थियौ। यसमा अचम्म मान्नु पर्ने केहि छैन।’

नेहाले भनिन्,’मैले अंगतको आमासँग विवाहको दुइ दिन अगाडी भेटेको थिए। उहाले मलाई के तिमि अंगतसँग विवाह गर्न साच्चै तयार छौ भनेर सोध्नु भएको थियो। यो बारेमा करण जौहरलाई मात्र जानकारी थियो। एक हप्ता पछि हामीले विवाह गरिहाल्यौ।’

‘म करणको घरमा नै बसेकी थिए। तब मैले नै मलाई विवाह गर्न मन लाग्यो भनेर करणलाई भने। त्यस्पश्चात उनले ठिक छ भन्दै सामाजिक संजालमा मेरो पोस्ट हेर्न थाले। मैले अझ भने यत्ति हल्का रुपमा कसरि लिन सक्छौ। फेरी उनले प्रतिउत्तरमा यो नै सहि तरिका हो भने।’

बच्चा जन्माउने विषयमा भने नेहाले स्पष्ट पारेर भनिन् , ‘अहिले काममा ध्यान दिदै छु। कामबाट फुर्सद पाएपछि यसबारे सोचौला।’

Share.

Comments are closed.

error: Content is protected !!