पलाँसे-डोलेश्वर सडक पुननिर्माण तथा पुनर्स्थापनाको शिलान्यास कार्यक्रम सम्पन्न

0

भक्तपुर, जेठ ७: पलाँसे डोलेश्वर सडक पुननिर्माण तथा पुनर्स्थापना कार्यको शिलान्यास कार्यक्रम आज भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ९ स्थित चौतारा चोकमा सम्पन्न गरियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश बस्नेत, वडा नं.८,९ र १० को अध्यक्ष साथै स्थानीयवासीको व्यापक सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै बस्नेतले यो निर्माण कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।

भक्तपुरको पूर्वी भेगको मेरुदण्डको रुपमा यो योजना अगाडी बढ्ने भन्दै बस्नेतले सुर्यविनायक नगरपालिका वडा नं. ८ र ९ संयुक्त आयोजक रहेको पलाँसे डोलेश्वर सडक पुननिर्माण तथा पुनर्स्थापना कार्यको टेन्डर पाएको सामानान्तर ग्रिनपिस जे.भी.ले डेढ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएतापनि १ बर्षभित्रै योजना सफल हुनेमा आफु आशावादी रहेको बताउनुभयो।

भक्तपुरको विकासको लागि आफुले कुनै पनि मूल्य चुकाउन तयार रहने भन्दै बस्नेतले यो योजना संगै पलाँसे-काक्राबारी सडकखण्डको डीपीआर समेत अगाडी बढिसकेको यस्तै भातेढिकुरबाट नंखेलसम्मको बाटो लगायत विभिन्न खानेपानी आयोजना समेत छिट्टै संचालनमा आउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कोटेश्वरको सुरुंग मार्ग र साँगाको सुरुंगमार्ग बनेसंगै भक्तपुर जिल्ला सुरुंग मार्गबाट प्रवेश गरि सुरुंगमार्ग मार्फत नै निस्कने पहिलो जिल्ला बनि छुट्टै पहिचान समेत बनाउने बताउनुभयो।

चित्तापोलमा अवस्थित कैलाशनाथ महादेवमा उपत्यकाकै अहिलेसम्मको लामो झोलुंगे पुल पनि छिट्टै संचालनमा आएसंगै सुर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० को अविकसित छवीलाई बालकोट र कटुन्जेसँग दाज्न मिल्ने वातारण बन्ने उहाँले बताउनुभयो।

कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। साँघुरो सडकको कारण सास्ती खेपेका स्थानीय वासिन्दा ८ मिटरको सडक बन्ने भएसंगै हर्षित भएका छन। सुर्यविनायक नगरपालिका ९ र १० नम्बर वडामा पलासे डोलेश्वर सडक पुननिर्माण तथा पुनर्स्थापना कार्य जस्तो ठुलो योजना सँगै अन्य सडक संजाल विस्तारको काम समेत भैरहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!