‘पद्मावत’ एक्लै सिनेमा घरमा

0

काठमाडौं, माघ १२: शुक्रबार नेपाली सिनेमा घरहरुमा कुनै पनि घरेलु चलचित्र प्रदर्शनमा आएको छैन । लामो समयदेखि निकै विवादमा आएको संजयलिला बन्सालीको बहुप्रतिक्षीत बलीउड चलचित्र पद्मावत भने बिहीबारबाट पदर्शनमा आएको छ ।

चलचित्रले ऐतिहासिक तथ्य तोडमोड गरेको भन्दै भारतको विभिन्न प्रान्तमा चर्को विरोध भएको हो । बिहीबार चलचित्रको विरोधले भारतको मध्यप्रदेश, हरियाणा, उत्तरप्रदेश, गुजरात, दिल्लीलगायतका प्रदेशमा उग्र रुप लिएको थियो ।

सुरुमा चलचित्रको नाम ‘पद्मावती’ राखिएको थियो । तर चलचित्र सेन्सर बोर्डले पाँचवटा दृश्यमा केही फेरवदल गर्न र नाम ‘पद्यमावत’ राख्न आदेश दिएको थियो । चलचित्रमा दीपिका पादुकोण, साहिद कपुर र रणवीर सिंह मुख्य भूमिकामा रहेका छन् ।

यो साता गएको शुक्रबारबाट प्रदर्शनमा आएका घरेलु चलचित्र ‘लालपूर्जा’ र ‘पिंजडा ब्याक अगेन’ नै प्रदर्शनमा रहेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!