पत्रकार शेर्पालाई सफलताको शुभकामनासहित बिदाइ

0

काठमाडौँ, २६ चैत : नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लाग्नुभएकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।

महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताउनुभयो । उहाँले महिला पत्रकारको सगरमाथा आरोहणले समाज रुपान्तरणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गर्नुभयो ।

पत्रकार शेर्पाले महिला सशक्तीकरणका लागि आफू सगरमाथा आरोहणमा जान लागेको जानकारी दिनुभयो । उहाँले हिमाली क्षेत्रका सही सूचनालाई बाहिर ल्याउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सगरमाथा आरोहणका क्रममा पत्रकार शेर्पा चैत २७ गते सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ । रासस , फोटो : इमेजखबर

Share.

Comments are closed.

error: Content is protected !!