पक्राउ पर्नुअघि सनमलाई आफुले नमारेको भन्दै गोरेले गरेका थिए यस्तो सनसनिपूर्ण खुलासा [हेर्नुस भिडियो सहित]

0

काठमाडौँ: साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो ।

यसैबीच ‘गोरे’ले पक्राउ पर्नु अघि गरेको भिडियो टेप रेकर्ड बाहिरिएको छ । ‘केन्द्रबिन्दु’ नामको युट्युब च्यानलमा ‘गोरे’को भिडियो टेप रेकर्ड प्रस्तुत गरिएको छ । भिडियोमा उनले बारम्बार ‘म निर्दोष छैन, अर्काको ज्यान मारेर मलाई खान आउदैन’ भनेका छन। ३३ किलो सुन प्रकरणमा आफ्नो मात्र नाम बाहिर आएको तर अन्य पात्रलाई लुकाउन खोजिएको भन्दै उनले प्रहरी प्रशासनमा आत्मसमर्पण गर्ने बताएका छन ।

हेर्नुस भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!