‘न्यायाधीश आलोचनाबाट मुक्त छैनन्’‘

0

काठमाडौँ, १२ माघ (रासस) : सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बौद्धिक विचारको मन्थन गरिने न्यायालयमा कानून व्यवसायीले सो कुरालाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

उच्च अदालत बार एशोशियशन पाटनको २३औँ वार्षिक साधारणसभामा आज उहाँले स्वतन्त्र न्यायपालिकाको अवधारणानुसार अदालतको स्वतन्त्रता र निष्पक्षताका कायम राख्न सकेमा जनविश्वास बढ्ने बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिका प्रजातान्त्रिक संस्था भएकाले न्यायाधीश पनि आलोचनाबाट मुक्त हुन नसकेको बताउँदै स्वच्छ न्याय सम्पादनका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!