नैकापमा छुरा प्रहार गरि श्रीमतीको विभत्स हत्या,धादिङबाट श्रीमान पक्राउ

0

काठमाडौं, चैत १८: चन्द्रगिरी नगरपालिका नैकापमा एक युवकले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हत्यामा संलग्न युवक २४ घन्टा नवित्दै पक्राउ परे। श्रीमतीको हत्या गरेर फरार रहेका अभियुक्त प्रकाश तामाङ धादिङबाट पक्राउ परेका हुन्।

६ वर्षअघि २३ वर्षीया नमुना लामासँग वैवाहिक सम्बन्धमा बाधिएका प्रकाशले शुक्रबार शरीरको विभिन्न भागमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । विवाहको केहि बर्षमै एक अर्कालाई शंका उपशंका गर्ने झगडा गर्न थालेपछि आज यस्तो घटना घट्न पुगेको हो।

शुक्रबार काठमाडौँको चन्द्रगिरी नगरपालिकामा श्रीमती नमुनाको चक्कू प्रहारबाट हत्या गरी फरार रहेका प्रकाशलाई प्रहरी शनिबार बिहान ३ बजे धादिङको गोगनपानीबाट पक्राउ गरेको हो। प्रकाशले प्रहरीलाई दिएको बयान अनुसार नमुना एक महिनाअघि नैकापस्थित दिदीको घरमा गएकी थिइन् र घरमा बाबु र आमा बिरामी भएको र बच्चा एक्लै पर्दा पनि घरमा आएकी थिइनन् ।

शुक्रबार इनारमा लुगा धोइरहेकी श्रीमतीसँग विवाद भएपछि प्रकाशले चक्कु प्रहार गरी हत्या गरेका थिए। हत्या पछि भागेर धानिङ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो। उनी ठूली आमाको घरमा लुकेर बसेका थिए।

Share.

Comments are closed.

error: Content is protected !!