नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी थापा

0

काठमाडौं, जेठ ७: नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी शैलेस थापा क्षत्री तोकिएका छन्। यसअघि केन्द्रीय प्रवक्ता रहेका डिआईजी मनोज न्यौपाने महानगरीय प्रहरी कार्यालयमा सरुवा भएपछि एसएसपी थापालाई प्रवक्ता तोकिएको हो।

गृह मन्त्रालयले महानगरीय प्रहरी ट्राफिक महाशाखा र महानिरीक्षकको सचिवालयको डिआईजी पद स्थानान्तरण गरेको कारण प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपीलाई दिइएको हो।

Share.

Comments are closed.

error: Content is protected !!