Monday, May 28

नेपाल कम्युनिष्ट पार्टीमा कसलाई के जिम्मेवारी ?

0

काठमाडौं, जेठ ३: नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ पार्टी सञ्चालनका लागि नौ सदस्यीय सचिवालय बनेको छ । यसअघि दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिका आठ जना र एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले गरेको हो ।

यो सचिवालयमा एकता संयोजन समितिका आठ जनासहित एमाले नेता पौडेल पनि परेका छन् । सचिवालयमा दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । त्यस्तै एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि रहेका छन् । अन्य सदस्यहरुमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् ।

सचिवालयमा महासचिवको जिम्मेवारी एमालेका उपमहासचिव विष्णु पौडेललाई दिने कुरामा दुई अध्यक्ष सहमत भएका छन् । त्यसैगरी प्रवक्ताको जिम्मेवारी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिइने भएको छ ।

एकता संयोजन समितिले दुवै पार्टीबाट एकताका लागि भएका निर्णयलाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!