नेपाल आएका गोबिन्दाले नेपालीमै नेपालबारे यसो भने, स्वागत गर्न पुगेका धमलाले अनुराग हेर्न गरे आग्रह [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। यसअगाडि २-३ वटा चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउडका चर्चित नायक गोविन्दा भोली काठमाण्डौमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि नेपाल आएका छन् । बिहान पौने ११ बजे नेपाल आएका गोविन्दाले नेपाल आफ्नो लागि प्रिय भुमि रहेको बताए ।

नेपालको ज्वाई भनेर चिनिने भारतिय अभिनेता छोरी टिनाका साथमा नेपाल आएका हुन् । उनले नेपालकै छोरीसँग बिवाह गरेका थिए । कार्यक्रममा बोल्दै आफुले नेपाली फिल्ममा पनि अभिनय गर्न चाहेको गोबिन्दाले खुलाए । छोरी टिनाले नेपाली अलि अलि आउँछ भन्दै नेपाली बोलेर सुनाईन् ।

गोबिन्दाले पनि पत्रकारहरुले नेपालीमै सोधेको प्रश्नकोसजिलै उत्तर दिए । यता पत्रकार सम्मेलनमा आएका ऋषि धमलाले आफ्नो फिल्म अनुराग हेर्न गोबिन्दालाई आग्रह गरे ।

Share.

Comments are closed.

error: Content is protected !!