काठमाडौँ, १३ माघ : नेपाल आइडलका उत्कृष्ट ६ भित्र पर्न सफल प्रतियोगीहरु सागर आले, सुरज थापा र राहुल बिश्वासको स्वरमा सजिएको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । ‘खाईदेउ गोरी खाईदेउ’ बोलको गीतको भिडियो आज शनिबार बुढासुब्बा डिजिटल प्राली मार्फत सार्बजनिक गरिएको हो।
रमेश दाहालको शब्द रहेको गीतमा टिका दाहालको संगित रहेको छ। फरक शैलीको यो गीतलाई गोपाल रसाईलीले अरेन्ज गरेको हुन्। अष्ट्रेलियाका शुन्दर दृश्यहरु समेटिएको भिडियोको छायांकन, सम्पादन तथा निर्देशन जीवन रसाईलीले गरेका हुन्।
गोल्डेन कंगारु फिल्मस् को निर्माणमा बनेको भिडियोमा अजय तमाङ्ग,सरोज राम्जाली मगर, शिवक बस्नेत, नर्बदा थापा र बिदेशी कलाकार बिड्डी अन्नेत्ते प्रॊसको अभिनय रहेको छ।
हेर्नुहोस् भिडियो :