नेपाली युवा स्ट्राइकर विमल घर्तिमगर भारतीय क्लब मोहन बगानमा अनुबन्ध

0

माघ १४, भारतीय क्लब मोहन बगानले नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरलाई अनुबन्ध गरेको छ ।

अहिले आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको बताइएको छ । उनको पारिश्रमिकको बारेमा भने कुनै कुरा खुलाइएको छैन ।

विमल आइतबार नै कोलकात्ता जानेछन् र सोमबारदेखि अभ्यास खेल सुरु गर्ने गोल डट कमले जनाएको छ । कलकत्ताको मोहनबगान अहिले ११ खेलबाट १७ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

अब विमलले बाँकी सिजन मोहनबगानबाट खेल्नेछन् । आई लिग मार्चसम्म चल्नेछ ।

Share.

Comments are closed.

error: Content is protected !!