‘नेपालको इतिहास र सम्पदा’ विषयक गोष्ठी हुने

0

काठमाडौँ, १५ माघ (रासस) : चतुर्थाम्श सहस्राब्दी समारोह समितिले आधुनिक नेपाल स्थापनाको २५०औँ अवसरमा भोलि ‘नेपालको इतिहास र सम्पदा’ विषयमा कार्यशाला गोष्ठी गर्ने भएको छ ।

समितिले आज पत्रकार सम्मेलन गरी नेपालको इतिहास र सम्पदाका बारेमा आम मानिसलाई जानकारी दिने उद्देश्यले नेपाल र एशिया अध्ययन केन्द्रसँग मिलेर त्रिभुवन विश्वविद्यालयको हलमा उक्त गोष्ठी गर्न लागेको हो ।

समितिका सदस्य–सचिव विनोद भट्टले विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेको सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन उक्त कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

गोष्ठीमा राष्ट्रनायक पृथ्वीनारायण शाहले गरेको योगदान अगुवा, जनता र सेनाको रगत, पसिना र आँशु मिलेर नेपाल राज्यका बारेमा राजनीतिक विश्लेषक आनन्द आदित्यले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै शहीद दिवसका अवसरमा मंगलबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलनसमेत गरिने कार्यक्रम रहेको भट्टले बताउनुभयो । समितिका अभियन्ता दीनदया रिजालले समितिले एक वर्ष नेपालको इतिहासलाई चिनाउन विभिन्न कार्यक्रम गरिने बताउनुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!