नेता, पुरुष कलाकारदेखि हरेक जनावरको दुरुस्तै आवाज निकाल्ने रोजिना बनिन् भाईरल [हेर्नुहोस भिडियो]

0

पिएनपिखबर, भक्तपुर : हामी सबैले पुरुषले क्यारिकेचर गरेको सुनीरहेका छौ र देखि रहेका पनि छौ। महिलाले क्यारिकेचर गरेको कम मात्र सुन्न अनि देख्न पाइन्छ। तर लगनखेलमा यस्ती युवती फेला परेकी छिन् जसको क्यारिकेचरले अहिले आम दर्शक नतमस्तक भएका छन्। उनी हुन् रोजिना महत।

लेले ललितपुरकि रोजिना महत हाल लगनखेल बस्दै आएकी छिन्। उनको परिवारमा उनको चार दिदि र एक भाई छन्। दुई वटा दिदिको विवाह भैसकेकोले उनी आफ्नो दुई दिदि र एक भाईसँग बस्दै आएकी छिन्। उनका मातापिता उनीहरु सानै छदा बितेका हुन्। यो संसारमा उनी टुहुरो छिन्। दुखसुख साट्न आमा अनि आट, हौसला दिने बुबाको अभाव छ त्यसैले पनि उनी आफैमा सक्षम हुन चाहन्छिन्।

भर्खरै १२ कक्षाको परिक्षा दिएर उनी हाल फुर्सदिलो समय बिताइरहेकी छिन्। क्यारिकेचर गर्नु कुनै सानो प्रतिभा होइन। जोकोहीलाई पनि अरुको अवाज अनि अरुको हाउभाउ दिन पक्कै सहज हुदैन । तर रोजिना सजिलै विभिन्न राजनितिक दलका नेता, सेलिब्रेटी र हास्यब्यंग कलाकारको क्यारिकेचर गर्छिन्। यति मात्र होइन उनी थुप्रै जनावरको समेत दुरुस्तै अवाज निकाल्छिन्।

उनको जीवनमा धेरै पिडा छ । एक्ली छिन् भविष्य अन्योलमा छ। केहि गर्छु भन्दा सहयोग गर्ने हात छैन। हौशला दिने, मनोबलो बढाउने व्यक्ति छैन। यद्दपि उनी आफ्ना जीवनका सारा दुख पिडा बिर्सेर आफ्नो प्रतिभा मार्फत सबैलाई हसाउछिन्। क्यारिकेचर सँगसँगै उनलाई गीत गाउन पनि मन लाग्छ।

कलाकारितामा उनलाई अत्यधिक रुचि छ। उनलाई कुनै अवसर आए उनी रमाउदै आफ्नो कला प्रस्तुत गर्थिन्। तर अपसोच उनलाई अवसर भने खासै आएको छैन। हालसालै हर्के हल्दारमा उनले एक तिज गीतमा अभिनय गर्ने मौका पाएकी छिन्।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!