निर्मला पन्त हत्याकाण्डः डीएसपीसहित ४ प्रहरी निलम्बन

0

काठमाडौँ, ३० भदौ : निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० दिन बितिसक्दा पनि हत्याराको पत्ता लाग्न सकेको छैन । पन्तको बलात्कारपछि हत्याको अनुसन्धान जिम्मेवारीपूर्वक नगरेकै कारण पनि अहिले सम्म हत्याराको पत्ता नलागेको हो ।

जिम्मेवारीपूर्वक अनुसन्धान नभएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपीसहित चार प्रहरी निलम्बनमा परेका छन् । आज शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले प्रारम्भीक प्रतिवेदन बुझाएको छ ।

डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!