निजामती कर्मचारीद्वारा विपन्नलाई कम्बल

0

काठमाडौँ, १५ माघ (रासस): नेपाल निजामती कर्मचारी संगठनले नवलपरासी र पर्साका विभिन्न ठाउँका विपन्न परिवारलाई आइतबार कम्बल वितरण गरेको छ । नवलपरासीको सुस्ता–४ र पर्साको वीरगन्ज–२३ पसौनीका विपन्न घरपरिवारलाई जाडोबाट बच्नका लागि २३८ कम्बल वितरण गरिएको संगठनका महासचिव रेवन्त गौतमले जानकारी दिनुभयो ।

सुस्तामा संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला र सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे तथा पसौनीमा केन्द्रीय उपाध्यक्ष कृष्णराज ढकाल, नौतम पोखरेल र महासचिव गौतमले वितरण गर्नुभएको थियो । यसैगरी संगठनले महामारी फैलिएका जाजरकोट र कालीकोटमा समेत औषधि लिएर जाने तयारी गरेको बताइएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!