नायिका निशा अधिकारीले जन्माइन छोरा

0

काठमाडौं ५ जेठ : नायिका तथा चलचित्र निर्मात्री निशा अधिकारी आमा बनेकी छिन् । क्रिकेटर सरद भेस्वाकरसँग अगिल्लो वर्ष विवाह गरेकी नायिका निशा अधिकारी (भेस्वाकर) आमा बनेकी हुन् । सामाजिक संजाल मार्फत शनिबार (आज) आफु आमा बनेको खबर सार्वजनिक गरेकी हुन् ।

निशाले शुक्रबार अमेरिकामा छोरोलाई जन्म दिएकी हुन् । आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । खबरका अनुसार निशा आमा बन्ने भएपछी फिल्म ‘पोखराकी कान्छी’ को छायाँकन रोकिएको छ । हाल निशा केहि समय विश्राम लिन भन्दै आमेरिका पुगेकी छन् ।

Share.

Comments are closed.

error: Content is protected !!