नायक सुरज प्रजापतिसहित चार युवासंग डिस्कोमा रोमान्स गर्दागर्दै रंगेहात पक्रिइन गायिका रितिका जिरेल (भिडियोसहित)

0

काठमाडौँ, १५ पुस : गायिका रितिका जिरेलसँग रोमान्स गर्दागर्दै नायक सुरज प्रजापति सहित ४ युवा प्रहरीको फन्दामा परेका छन् । तर यो वास्तविक जीवनमा नभई सहारा फिल्मस इन्टरनेशनलको प्रस्तुति कोही भन्छन एल्वमको म्यूजिक भिडियोका दृश्यहरु हुन् ।

गीतमा गायिका एवम मोडल रितिका जिरेल ‘कोही भन्छन पोखरा घुम्नलाई जाउँ, कोही भन्छन नगरकोट घुम्नलाई जाउँ ‘ भन्दै नृत्य गरिरहेकी छिन् । उक्त गीतमा गायिका एवम मोडल रितिका जिरेलले आफ्नो मनलाई चञ्चल र बेइमानी बताउँदै हट पाराले नृत्य गरेकी छिन ।उनको हट र सेक्सी नृत्यमा रमाउँदै मस्त देखिन्छन चर्चित मोडल एवम नायक सुरज प्रजापति र उनका अन्य तीन साथीहरु ।

रितिकाको नृत्यमा लट्ठ परेर अन्तमा प्रहरीको फन्दामा पर्दछन् नायक सुरज प्रजापति, स्यारोन,सुप्रिम र रोहन। अस्मित नापितको शव्दमा रहेको उक्त गीतमा राम कार्कीको सगित रहेको छ । उक्त गीतको छायांकन अजय रेग्मीले गरेका छन भने म्यूजिक भिडियोको निर्देशन शिवान पोखरेलले गरेका छन् ।
a

Share.

Comments are closed.

error: Content is protected !!