नागरिकको रक्षाका लागि सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव

0

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ जेठ : प्यालेष्टिनी नागरिकको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ स्वरूप कुवेतले संयुक्त राष्ट्रसंघका अन्य सदस्य राष्ट्रलाई एक सङ्कल्प प्रस्ताव पठाएको एएफपीलाई शुक्रबार प्राप्त भएको पत्रमा भनिएको छ । प्रस्तावमा भनिएको छ, “प्यालेष्टिनी नागरिकको ज्यानमाथिको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ अन्तर्गत पत्राचार गरिएको छ ।”

प्यालेष्टिनीले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा स्वीकार गर्दै इजरायलका लागि अमेरिकी राजदूतावासलाई तेल अभिभबाट सार्ने निर्णयको विरोधमा गाजा क्षेत्रमा भएका प्रदर्शनमा गत सोमबार ६० जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्ति घाइते भएको घटनापछि कुवेतले उक्त प्रस्ताव राष्ट्रसंघ सुरक्षा परिषद्का अन्य सदस्य राष्ट्रलाई पठाएको हो ।
-रासस÷एएफपी

Share.

Comments are closed.

error: Content is protected !!