नर्सिङ सुन्दरीको प्रतिभा प्रदर्शन

0

मिस नेपाल पिसमा प्रतिस्पर्धारत २४ सुन्दरीले आफूमा निहित प्रतिभा प्रदर्शन गरेका छन् । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको प्रतियोगिताको ट्यालेन्ट सो राउन्डमा प्रतियोगीले गायन, नृत्य, अभिनय, चित्रकला, वक्तृत्वकलालगायत कला प्रस्तुत गरेका हुन् ।

नर्सिङ पेसामा आबद्ध तथा अध्ययनरत सुन्दरीको व्यक्तित्व विकास गराउने तथा उनीहरूलाई समाजप्रति अझ उत्तरदायी बनाउने उद्देश्यले आयोजना गरिँदै आइएको प्रतियोगिताको ट्यालेन्ट सो राउन्डको निर्णायकमा डा. अनिमेश जोशी, मिस वल्र्ड नेपाल २०१६ अस्मी श्रेष्ठ, गायक कोसिस क्षेत्री, कोरियोग्राफर रीना गिरी, नेक्स्ट मोडल्सका सिइओ रवि धमलालगायत थिए । प्रतियोगिताको फाइनल चैत १० मा हुनेछ ।

नयाँ पत्रिकाबाट

Share.

Comments are closed.

error: Content is protected !!