Sunday, May 27

नराम्रो कमेन्ट र गाली गर्नेहरुलाई भवानी माताले दिइन् यस्तो मनछुने संदेश [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर। भनिन्छ बाच्नु मात्र पर्छ जीवनमा अनेकौ आश्चार्य र विचित्र देख्न पाईन्छ । यस्तै सुन्दै आश्चार्य र अचम्म लाग्ने घटना हामीले प्रस्तुत गरेका छौ ।

हामी जति नै आधुनिकतामा भित्रिएता पनि अझै धर्ममा आस्था राख्छौ। आस्था सम्म त ठिकै छ यो आस्था अन्धविश्वासमा परिणत भएको छ।

कतिपयलाई धामी, झाक्री, माता, जादुमन्तर, टुनामुना भन्ने शब्द सुन्ने बित्तिकै नै झर्को मान्छन् र विश्वास गर्दैनन् तर कतिपय भने यिनै कुराको विश्वासमा बाचिरहेका हुन्छन्।

त्यस्तै बनेपा,नँयाबस्ति बस्दै आउनु भएकी भवानी मातालाई आफ्नो भगवान मानेर पुज्ने पनि धेरै छन्। उनको शरणमा परेपछि भक्तजनको निकै फलिफाप हुने र डाक्टरले उपचार गरेर निको नभएको रोग समेत निको हुने भक्तजनहरुको भनाई रहेको छ।

आफुमा भगवान शिव र दुर्गा भवानीको शक्ति रहेको बताउने काभ्रेकी माताले आफुमा दैवी शक्ति रहेको कुरा १३ वर्षको उमेरबाट थाहा भएको बताउछिन् । विवाह पश्चात तीन वटा सन्तानकी आमा भएकी उनी अहिले आफु स्त्रीबाट पुरुषमा परिवर्तन भएको दावी गर्छिन् ।

पिएनपिखबरले यो भन्दा अघि माताको अन्तर्वार्ता लिएका थियो। भवानी माताको अन्तर्वार्ता हेरिसके पश्चात कतिले आस्था राखेर भक्त बनेका छन् भने कतिपयले अहिलेको जवानामा यस्तो अन्धविश्वाश राख्नु मुर्खता हो भन्न समेत पछि परेका छैनन्। हुन त सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता छ। तर स्वतन्त्रता छ भन्दैमा कसैलाई हानी पुराउने र नकारात्मक असर्पारने खालको प्रतिक्रिया दिनु पनि जरुरि नहोला।

भवानी माताको अन्तर्वार्ता हेरेपछि दर्शकको थुप्रै प्रतिक्रिया आएको थियो। त्यसपश्चात पिएनपिखबरले सोहि प्रतिक्रिया समेटेर माताले यसबारेमा के भन्नु हुन्छ भनेर जान्ने प्रयास गर्यो। मातासँग फेरी कुराकानी गर्दै पिएनपिखबरले दर्शकको प्रतिक्रिया समेटेको थियो। दर्शकको प्रतिक्रियामा माताको भनाई यस्तो छ।

हेर्नुहोस् भवानी मातासँग गरिएको कुराकानी :

Share.

Comments are closed.

error: Content is protected !!