धुर्मुसलाई आर्शिवाद दिदै माग्नेले क्रिकेट मैदान बनाउन दिए ५० हजार सहयोग, रिसाएको बिषयमा यसो भने (हेर्नुहोस भिडियो)

0

काठमाडौं,चैत १८ : भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। सबैको इच्छा र चाहना बमोजिम खेलाडीहरुको मनोबल उच्च बनाउन आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्न लागेको धुर्मसले घोषणा गरेका छन् ।

उनको घोषणा छ -‘नेपालको क्रिकेटले अन्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र, यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यही समितिको रोहवरमा इन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ ।’

उनले क्रिकेट रंगशाला बनाउन सरकारले पनि आफूहरुलाई पूर्णरुपमा सहयोग गर्ने आशा राख्दै भनेका छन् – ‘सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौँ र हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो। र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्ने भन्नेमा हामी विश्वस्त छौँ।’

धुर्मुसले भूकम्पपछि ४ वटा नमुना बस्ती निर्माण गरी सयौँलाई बासको व्यवस्था गरिसकेका छन् । धुर्मुसले घोषणा गरे संगै अर्का कलाकार केदार घिमिरे (माग्ने बुढा) ले यस अभियानको लागि ५० हजार सहयोग गरेका छन् ।’ हास्य टेलिसिरियल मेरी बास्सैमा संगै जमेको यो जोडीलाई दर्शकले धेरै मन पराएका थिए तर बिचमा यी दुई कलाकार बीच राम्रो सम्बन्ध नरहेको भन्ने हल्ला पनि बाहिर आएको थियो । बाहिर हल्ला जे भए पनि पछिल्ला समय चलचित्र देखि भिभिन्न सामाजिक काममा मिलेर काम गरेको देख्न सकिन्छ । धुर्मुसको यो पछिल्लो अभियानमा ५० हजार हस्तान्तरण गरे हस्तान्तरण गर्दै गर्दा उक्त रकम अमेरिकाबाट राम बाबु पाण्डेले सहयोग गरेको बताए । हस्तान्तरण पछि यसो भने हेर्नुहोस भिडियोमा :

Share.

Comments are closed.

error: Content is protected !!