धिरज राईको ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान सर्वोच्च शिखरमा

0

काठमाडौं । चर्चित गायक धिरज राईको बुद्ध वाज बर्न इन नेपाल अभियान अब सर्वोच्च शिखर “सगरमाथा“ सम्म पुगेको छ ।

१४ औ पटक सगरमाथा शिखर चढ्नु भएका पर्वतारोही जङ्बु शेर्पा,शर्मिला स्याङ्तान र ङिनिमा छ्योकी शेर्पाले धिरजको बुद्ध वाज बर्न इन नेपाल सन्देश सगरमाथाको शिखरमा पुर्याएका हुन् ।

आरोहणपछि सन्देश बोकेको ब्यानरसहितको तस्बिर उनीहरुले आ–आफ्नो फेसबुक वालमा राखेका छन् । सोही तस्बिर धिरजले समेत आफ्नो वालमा शेयर गरेका छन् । आफ्नो अभियान विश्वको सर्वोच्च शिखरसम्म पुर्याइदिएकोमा प्रसन्नता व्यक्त गर्दै धिरजले आरोही दललाई धन्यवाद भनेका छन् ।

बुद्ध वज बर्न इन नेपाल बोलको अँग्रेजी गीत समेत रेकर्ड गराएका धिरजले गत फागुन १९ गते काठमाडौंको टुँडिखेलमा सामूहिक बुद्धवाणी उच्चारण गर्ने कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गरेका थिए ।

विश्व कीर्तिमान कायम गर्ने प्रयास स्वरुप आयोजित कार्यक्रममा ४८ हजार ९ सय ४३ जनाले भगवान गौतम बुद्धको वचन ‘धम्मपद’वाचन गरेका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!