धर्मेन्द्रको २ जना होइन ३ जना छोरा भएको खुलाशा, बबी र सनी बाहेक अर्को तेस्रो यी हुन्

0

एजेन्सी। अहिले कुनै फिल्मको चर्चा भैरहेको छ भने त्यो फिल्म हो सलमान खानको ‘रेस ३’। ट्रेलर रिलीज भए पश्चात नै यस फिल्मले चर्चा कमाइरहेको छ। आम दर्शकले यस फिल्मको ट्रेलरलाई निकै रुचाएका छन्। यस फिल्ममा पहिलो चोटी बबी देवोल र सलमान खान एक साथ पर्दामा देखिदै छन्।

फिल्मको ट्रेलर हेरेर धर्मेन्द्र निकै खुसि भएका छन्। ‘रेस ३’ मा सलमान खान संगै स्क्रीन शेयर गरेका बबी देवोलको पिता धर्मेन्द्रले भने,’बबी सलमानसँग काम गर्नु भनेको मेरो दुइ छोराले एकैसाथ काम गर्नु जस्तै हो। मेरो दुइवटा छोरा हैन तिन छोरा छन् जस्तो मलाई लागिरहेको छ। ‘रेस ३’मा मेरा तिन सन्तान मध्य कुनै दुइले काम गरिरहेको जस्तो मलाई महसुस भैरहेको छ। ‘

धर्मेन्द्रले थपे,’सलमान खान बबीको छन्। मैले आफ्नो धेरै लक्षण सलमान खानमा देखेको छु। सलमान म जस्तै छ।’ वास्तवमा भन्ने हो भने सलमानको देवोल परिवारसँग धेरै पुरानो नाता छ। धर्मेद्रले सधै सलमानलाई आफ्नो छोरा जस्तै माया दिएका छन्। सलमान खान पनि धर्मेन्द्रको निकै सम्मान गर्छन्। बबी देवोल सलमानको पनि राम्रो साथी हुन्।

ईदको मौका पारेर रिलिज गर्न लागिएको फिल्म ‘रेस ३’ हेर्न सबै दर्शक उत्साहित छन्। फिल्म ‘रेस ३’ मा सुपरस्टार सलमान खान, ज्याकलिन फर्नांडीज, अनिल कपूर, डेजी शाह, बबी देओल र साकिब सलीमको दमदार अभिनय रहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!