धन होइन मन भएका उर्लाबारीका सुन्दर

0

पथरी, मोरङ, ९ जेठ : शुरुवाती दिनमा श्रम गरेरै संघर्ष गरेका मोरङ उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा समाजसेवामार्फत गाउँ विकास गरिरहनुभएको छ ।

कैले सडक बत्ती जडान त कैले विद्यालयमा विविध सहयोग । त्यत्तिमात्र होइन, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उहाँको सहयोग उदाहरणीय छ । चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताका लागि उहाँको यो काम यतिबेला गतिलो झापड भएको छ ।

सुन्दरलाई जान्ने बुझ्ने समाजसेवी तेजन खड्का भन्नुहुन्छ, उहाँले गाउँका लागि महत्वपूर्ण सहयोग गर्नुभएको छ । धन र मन दुवै भएका व्यक्तित्व हुनुहुन्छ सुन्दर । गाउँको विकास गर्ने हो भने इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ । सुन्दरले आफ्नै लगानीमा गाउँ नै सुन्दर बनाउँदै हुनुहुन्छ । सुन्दर अर्थात् समृद्धियुक्त गाउँ ।

यो यात्रामा उहाँ निरन्तर लागिरहने प्रण गर्नुहुन्छ । उहाँले विद्यालयमा सहयोग गर्नुभएको छ भने गाउँ (राजघाट) मा सडक बत्ती जडान गरिदिनुभएको छ ।

उहाँले आफ्नै लगानीमा बाटोघाटो निर्माण गर्नुभएको छ । खेलकुद तथा कला संस्कृतिमा पनि उच्च सहयोग गर्नुभएको छ । सकारात्मक सोच बोकेर सहयोगका लागि हात फिँजाएर आएको मानिसलाई सुन्दरले अहिलेसम्म खाली हात फर्काउनु भएको छैन । उर्लाबारी–९ को प्रभात निमाविमा उहाँले मञ्च निर्माण गरिदिनुभएको छ । घेराबारामा पनि सहयोग गर्नुभएको छ । यति मात्र होइन, सोही विद्यालयमा रङगरोगन गरेर चिटिक्क पार्नुभएको छ ।

यस्तै, उर्लाबारी–९ कै राजघाट निमाविमा विद्यालयको घेराबारापछि गेट निर्माण गरिदिनुभएको छ । हाल सोही विद्यालयका १० जना विद्यार्थीको पठनपाठनको खर्च सबै आफैँले बेहोर्नेु भएको छ । गोपालप्रसाद पोखरेल रासस

Share.

Comments are closed.

error: Content is protected !!