धनुषामा सुमो दुर्घटना, ६ जनाको मृत्यु

0

धनुषा, माघ १३: धनुषामा भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । आज बिहान काठमाण्डौबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्वरको सुमो धनुषाको गणेशमान चारनाथमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि पाँचथरका ३३ वर्षिय प्रनिता राइ, संखुवासभाका २९ वर्षिय नयाराज जीमि, विराटनरका ३७ वर्षिय शारदा रेग्मी दाहालको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङका ४० वर्षिय खेमकुमार राणामगर, ३३ वर्षिय प्रलाद न्यौपाने र खोटाङका ३० वर्षिय ज्ञान बहादुर चौहानको मृत्यु भएको हो ।

दुर्घटनामा परि चार जना घाईते भएको र घाईते मध्ये संखुवाशभाका २२ वर्षिय छत्रबहादुर जीमिको अवस्था चिन्ताजनक रहेको धनुषा ढल्लेवरका प्रहरी सहायक निरिक्ष प्रकाश बुढाथोकिले जानकारी दीनुभयो । विपरित दिसावाट आएको गाडीलाई जोगाउन खोज्दा सडक नजीकैको पोखरीमा खसेर दुर्घटना भएको उहाँले बताउनुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!