दोस्रो राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप पोखरामा सम्पन्न

0

पोखरा, १७ चैत : पोखरामा जारी ‘दास्रोे राष्ट्रिय खुल्ला स्केट बोर्डिङ महिला तथा पुरुष च्याम्पियनसिप–२०७४’ पोखरा रंगशालास्थित अन्नपूर्ण स्केटबोर्डस्थलमा आज सम्पन्न भएको छ । प्रतियोगितामा १४ वर्षभन्दा माथि उमेर समूह पुरुष सिनियरतर्फ काठमाडौँका गजेन्द्र बर्देवा प्रथम बन्नुभएको छ भने कास्कीका समीर विल्सन द्वितीय र पेन्टोलिन शेर्पा तृतीय बन्नुभयो ।

यस्तै १४ वर्षभन्दा कम उमेर समूह पुरुषतर्फ काठमाडौँका धीरज परियार प्रथम, कास्कीका सुमित गुरुङ, द्वितीय र कास्कीका राजकुमार तृतीय बन्नुभयो । महिलातर्फ काठमाडौँका लोरिन राई र रेजिना महर्जनले प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो । विजेता प्रथम र द्वितीयलाई क्रमशः नगद रु पाँच हजार, रु दुई हजार र रु ५००का साथमा रु १० हजार पर्ने स्केट बोर्ड र तृतीयलाई स्केटबोर्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महिला सहभागीलाई प्रोत्साहनस्वरुप नगद र स्केट बोर्ड प्रदान गरिएको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो । विजेतालाई नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष खनाल, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, कास्की स्केटिङ संघका उपाध्यक्ष सुनिल पिसी, नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकलगायतले नगद, प्रमाणपत्र र स्केटबोर्ड प्रदान गर्नुभयो । प्रतियोगितामा २० जिल्लाका १०० जना खेलाडीको सहभागिता रहेको थियो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!