दोस्रो खेलमै आइपिएलमा इतिहास रच्न सफल सन्दिप लामिछाने, रेकर्ड बनाउँदै शीर्ष स्थानमा प्रवेश

0

काठमाडौं : आइपीएलमा राम्रो पफर्मेन्स दिएर चर्चा बटुलेका नेपाली खेलाडी सन्दिप लामिछानेलाई फेरि अर्को विषयले चर्चामा पुर्याएको छ। उनी आइपिएलको यो सिजनको सबैभन्दा किफायती बलर बनेका छन् । सन्दिप अहिले यस वर्षका सबैभन्दा किफायती बलरको सूचीमा शीर्ष स्थानमा छन् ।

 

२ खेलमा ८ ओभर बलिङ गरेका सन्दिपले आफ्नो ओभरमा ४६ रनमात्र दिँदै सबैभन्दा किफायती बलरको सूचीमा शीर्ष स्थानमा पुगेका हुन् । उनको इकोनोमी रेट ५.७५ छ । दोस्रो स्थानमा राजस्थानका इश सोधी छन् ।

 

 

उनको इकोनोमी ५.९३ छ । तेस्रो स्थानमा हैदराबादका सन्दिप शर्मा छन् । उनको इकोनोमी ६.३१ छ । सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स अझै १ खेल खेल्न बाँकी छ । दिल्लीको फिरोज शाह कोटलामा हुने मुम्बइ इण्डियन्सविरुद्धको यो खेलमा पनि सन्दिप खेल्न पाउने लगभग पक्काजस्तै छ । यो खेल भोलि ४ बजे हुनेछ ।

Share.

Comments are closed.

error: Content is protected !!